चिकित्सा शिक्षा अध्यादेश संसदबाट स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चिकित्सा शिक्षा अध्यादेश संसदबाट स्वीकृत


२६ बैशाख २०७५, बुधबार


विकास र समृद्धि

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ संसदबाट स्वीकृत भएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक स्वीकृतिका लागि प्रस्ताव गरेकोमा बुधबारको बैठकमा बहुमत सदस्यले स्वीकृति दिए पछि अध्यादेश पास भएको हो ।

विधेयकको विपक्षमा सांसद प्रेम सुवालले मत दिएका थिए । उनले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न नपाइने लगायतको व्यवस्था हटाउनुपर्ने माग राखेका थिए ।

प्रतिक्रिया दिनुहोस