भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पर्वका रुपमा मनाउन आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय प्रधानमन्त्रीको भ्रमणलाई पर्वका रुपमा मनाउन आग्रह


२५ बैशाख २०७५, मंगलबार


जनकपुरधाम । प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् ।

भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।

प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिए ।

सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको छ भने ।

मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अभिनन्दन समारोहको युद्धस्तरमा तयारी भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस