वैदेशिक रोजगार ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषदबाट स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषदबाट स्वीकृत


२५ बैशाख २०७५, मंगलबार


काठमाडौं । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारसम्बन्धी समस्या न्यूनीकरण गर्न पेश गरेको ‘जाँचबुझ निर्देशिका’ मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अब नेपाली नियोगबाट प्रमाणित भएका मागमा मात्रै श्रमिक पठाउने निर्णय गरेको हो । निर्देशिकाले ठगीको समस्यालाई न्यूनीकरण गर्न सहयोग गर्ने मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरेले बताए ।

वैदेशिक रोजगार नेपालको बाध्यता भएको भन्दै सहसचिव घिमिरेले पूर्व राजदूतहरुसँगको छलफलबाट सरकारले जाँचबुझ निर्देशिकाको निचोड निकालेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस