पहिरोमा परी सब–इन्जिनियरको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरोमा परी सब–इन्जिनियरको मृत्यु


२४ बैशाख २०७५, सोमबार


बझाङ । सडक निमार्ण कार्यमा खटिएका एक जना सब–इन्जिनियरको पहिरोमा परी मृत्यु भएको छ ।

तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाँउमा आएको पहिरोले बगाएर सब–इन्जिनियर नारायण दाहालको मृत्यु भएको हो ।

सेती लोकमार्ग अन्तर्गतको चैनपुर ताक्लाकोट सडकको रुवातोला धुली खण्ड निर्माणमा खटिएका दाहालको सडक माथिबाट आएको पहिरोले बगाएर मृत्यु भएको सडक कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस