जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जागिर लगाई दिन्छु भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन पक्राउ


२४ बैशाख २०७५, सोमबार


काठमाडौं । महानगरीय प्रहरी परिसरले जागिर लगाई दिने भन्दै धर्म परिवर्तन गराउन खोज्ने तीन जनालाई पक्राउ गरेको छ ।

परिसरले नागार्जुन–४ मा चितवनकी लक्ष्मी भट्टराईलाई जागिरको प्रलोभन देखाएर धर्म परिवर्तन गराउन खोज्ने कास्कीकी सुमित्रा गौली, काठमाडौंकी राधिका महर्जन र चितवनकी फुलदेवी भट्टराईलाई वैशाख २१ गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

जागिर लगाई दिने भन्दै इच्छा विपरीत धर्म परिवर्तन गराउन खोजेएको भन्दै लक्ष्मीले वैशाख २१ गते प्रहरीमा उजुरी दिएपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ ।

पीडित लक्ष्मीलाई फूलदेवीले जागिर लगाई दिने भन्दै चर्चसम्म पु¥याएकी र चर्चमा सुमित्राले बाइबलको पाठ सुनाउँदै आफ्नो दुवै हात जबर्जस्ती समातेर धर्म परिवर्तन गराउन खोजेको अनुसन्धानमा खुल्न आएको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस