असिनापानीले २० करोडको केराखेती सखाप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

असिनापानीले २० करोडको केराखेती सखाप


२४ बैशाख २०७५, सोमबार


चितवन । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ ।

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ ।

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उनले क्षतिको विवरण संकलन भइरहेको बताए । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ ।

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् । रासस

प्रतिक्रिया दिनुहोस