उमेर नपुगी गर्न लागेको विवाह बदर « प्रशासन
prasaLogo
१८ श्रावण २०७८, सोमबार
   

उमेर नपुगी गर्न लागेको विवाह बदर


२४ बैशाख २०७५, सोमबार


डोल्पा । उमेर नपुगेर गरिएको विवाहलाई प्रहरीले बदर गरिदिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं.४ रङ्ग निवासी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वडा नं २ रुम निवासी १८ वर्षीय गोविन्द बुढाबीच हुनै लागेको विवाह त्रिपुराकोट प्रहरी चौकीेले बदर गरिदिएको हो ।

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइफकाइ यही वैशाख २१ गते राति उनको घरबाटै विवाहका लागि भगाएर लगेकाले कारवाही गरी विवाह बदर गरी पाउँ भनी बालिकाका बुबा पुनबहादुर बुढाले भोलिपल्ट उक्त प्रहरी चौकीमा निवेदन दिएका थिए ।

तेस्रो दिन दुबै पक्षका अभिभावकलाई बोलाइ छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाह बदर गरी उमेर नपुगेसम्म विवाह नगर्न र गरेको पाइएमा कारवाही गरिने कागज गराएर उनीहरूलाई आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी निरीक्षक रोमहर्ष सिजवालले जानकारी दिए ।रासस

प्रतिक्रिया दिनुहोस