नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई


२४ बैशाख २०७५, सोमबार


पाँचथर :  प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने मुख्यमन्त्री शेरधन राईले बताए ।

उनले सहमतिकै आधारमा नामाङ्कन र राजधानीको केन्द्र तोकिने कुरा फिदिममा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिऐ ।

संघीयता कार्यान्वयनका लागि सबै लाग्नुपर्नेमा जोड दिंदै मुख्य मन्त्री राईले अहिले संघीयता कार्यान्वयन गराउन नचाहने शक्तिहरुले प्रदेश तहलाई कमजोर पार्न खोजिरहेको आरोप लगाए ।

जनताका काममा ढिलासुस्ती गर्ने प्रवृत्ति तोडिने र निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाएर प्रदेश नं १ लाई समृद्ध बनाइनेमा पनि उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस