२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध

अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका छन् ।

बिग्रेर सडकमा रोकिराखेको बस एक्कासि पछाडि (ब्याक) हुन गई सडकबाट १० मिटर तल सडकको अर्को घुम्तीमै खसेको थियो । बसबीच सडकमै खसेपछि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि दशरथचन्द राजमार्ग भएर चल्ने लामो तथा छोटो दूरीका गाडीसमेत चल्न नसकेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बस चालक कञ्चनपुरको बेदकोट नगरपालिका–४ का ३५ वर्षीय लोकेन्द्र थापा, सोही ठाउँका २२ वर्षीया सुस्मिता ऐरी, ८ वर्षीय आदर्श धामी, १६ वर्षीया पशुपति ऐरी, दार्चुला अपिहिमाल गाउँपालिका–५ का २८ वर्षीय शेरसिंह धामी, ५ वर्षीय रुपेश धामी, २२ वर्षीया बाग्मती धामी, रिजन धामी, १० वर्षीया हेमन्ती धामी, ८ वर्षीय विवेक धामी र ५ वर्षीय नितेश धामी रहेका छन् ।

यस्तै अन्य घाइतेमा बैतडीको दशरथचन्द नगरपालिका–२ का १९ वर्षीय वसन्त बोहरा, दार्चुला शैल्यशिखर नगरपालिका–७ का २२ वर्षीय रमेश खत्री र दार्चुला गुल्जर घर भई हाल कैलालीको रामपुर बस्दै आएका ५५ वर्षीय डंकुरे महरा रहेका छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइते सबैको सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा उपचार भइरहेको छ । बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ४११६ नं को बस दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–१० अनारखोलीमा आज बिहान पौने ३ बजे दुर्घटनामा परेको हो ।रासस