खेलमा सफलता प्राप्त गर्न आत्मबल उच्च बनाउनु पर्ने : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खेलमा सफलता प्राप्त गर्न आत्मबल उच्च बनाउनु पर्ने : प्रधानमन्त्री ओली


२३ बैशाख २०७५, आइतबार


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खेलमा सफलता प्राप्त गर्नका लागि आत्मबल उच्च बनाउनु पर्ने बताएका छन् ।

रसियाको मस्कोमा हुने १० देखि १६ मे मा हुने स्टिकट चिल्ड्रेन फूटबल वल्र्ड कप २०१८ मा सहभागी हुन जाने खेलाडीहरुलाई आज बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

‘तपाइहरु राम्रो खेल्नुहुन्छ भन्ने मलाइ थाहा छ’, प्रधानमन्त्री ओलीले भने, ‘शुभकामना छ खेल जीतेर आउनुहोस ।’ प्रधानमन्त्री ओलीले अनुशासन सफलताको सुत्र भएकोले अनुशासनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।

‘तपाइहरुले सगरमाथाको देशलाई खेलको माध्यमबाट विश्मा पनि चिनाउनु हुनेछ भन्ने मैले विशवास लिएको छु’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले खेलाडीहरुलाई नेपालको झण्डा पनि वितरण गरे । सो खेलमा भाग लिन नेपालबाट १५ जना १८ बर्ष मुनीका खेलाडी सहभागी हुदैछन् ।

प्रतिक्रिया दिनुहोस