२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धातूका मूर्तिसहित तीन पक्राउ

अ+ अ-

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पुरातात्विक महत्वका विभिन्न धातुका मूर्तिलगायत बहुमूल्य वस्तुसहित तीन जनालाई पक्राउ गरेको छ ।

ब्यूरोको टोलीले काठमाडौंका विभिन्न क्यूरियो पसलबाट विदेशी नागरिकलाई बहुमूल्य धातुका मूर्ति बेच्दै गर्दा क्यूरियो आर्ट दरबारमार्गका सञ्चालक दीपकरत्न शाक्य, क्यूरियो कर्सर्न दरबारमार्गका सञ्चालक सुगतरत्न शाक्य र देवाज आर्ट दरबारमार्गका सञ्चालक शिशिर शाक्यलाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ परेकासँग ब्यूरोले बुद्ध र अन्य मूर्ति २४ थान, विभिन्न धातुबाट बनेका प्रतीमाका पाता १८ थान र पुराना बीचमा प्वाल पारेका सिक्का १०१ थान बरामद गरेको छ । ब्यूरोले आज पत्रकार सम्मेलन गरी पुरातत्व विभागमा दर्ता नगरी आफूखुशी मनपरी रकममा मूर्ति बेचेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

ब्यूरोका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक पुस्कर कार्कीले १२ र १३ औँ शताब्दीको मूर्ति भन्दै करोडौँ रुपैयाँमा बेचेको थाहा पाएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । ‘जति धेरै पुरानो भयो त्यति नै धेरै मूल्य लिने गरेको अनुसन्धानका क्रममा खुल्न आएको छ,’ उनले भने ।

पक्राउ परेका व्यक्तिले ७० वर्षअघिदेखि मूर्ति अमेरिकाको रुविन्स म्यूजियमसम्म बिक्रीवितरण गर्दै आएको अनुसन्धानमा खुलेको कार्कीले बताए । नेपालबाट पुरातात्विक मूर्ति खरिद गरी विदेश लैजाने गिरोहको समेत अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

यसैगरी महानगरीय प्रहरी प्रभाग नागढुंगाले चार किलो तौलको पुरानो बुद्धको मूर्तिसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागको टोलीले आज बा ६० प ३९०६ नं को स्कुटर चेकजाँच गर्दा झोलामा लुकाएर ल्याएको बुद्धको मूर्तिसहित २४ वर्षीय सञ्जय बानियाँलाई पक्राउ गरेको हो । रासस