यातायात नचलाउने समितिका बैंक खाता रोक्का « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

यातायात नचलाउने समितिका बैंक खाता रोक्का


२३ बैशाख २०७५, आइतबार


राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरेको छ ।

गृह मन्त्रालयले यातायात नचलाउने समितिको बैंक खाता रोक्का गर्ने निर्णय गरेसँगै यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको खाता रोक्का गर्न राष्ट्र बैंकलाई सिफारिस गरेको थियो ।

राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलका अनुसार आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको छ ।

प्रतिक्रिया दिनुहोस