बूढानीलकण्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बूढानीलकण्ठका प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बूढानीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी र इन्जिनियर विजेन्द्र श्रेष्ठले पाँच लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार सो नगरपालिकाको वडा नं २ बाँडेपाखामा पानी ट्याङ्की निर्माण कार्यको अन्तिम बिल भुक्तानी र कार्य अनुभव पत्र दिने प्रयोजनका लागि सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा केही दिन पहिले उनीहरु पक्राउ परेका थिए ।

आरोपी दुवैलाई हदैसम्मको कारबाहीको माग गरिएको आयोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस