सांगीतिक क्षेत्रमा सफलता हात पार्दै किरण उप्रेती « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सांगीतिक क्षेत्रमा सफलता हात पार्दै किरण उप्रेती


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । पछिल्लो समय गीतकार किरण  उप्रेतीलाई सांगीतिक क्षेत्रमा सफलता मिलिरहेको छ । २०६० सालबाट सांगीतिक क्षेत्रमा आवद्ध उप्रेतीका दुई दर्जन भन्दा बढी गीत बजारमा आइसकेका छन् ।

दश वर्ष नेपाली सेनामा काम गरेका उप्रेतीले आफ्ना गीतले चर्चा बटुलिरहेका कारण आफु सांगीतिक क्षेत्रमा लागि राख्न हौसिएको बताए । उनी आफुलाई यस क्षेत्रमा ल्याउन गायक एवम् संगीतकार पुस्कर सुनवारको ठुलो सहयोग रहेको बताउँछन् ।

पछिल्लो समय प्रमोद खरेलको स्वरमा रहेको उनको शब्द सिर्जना रहेको टालाटुली बोलको गीत निकै चर्चामा छ । उनले निकट दिनमै अरु गीत पनि बजारमा ल्याउने तयारी गरेको बताए । उनले अब आफु सांगीतिक क्षेत्रमा नै लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस