१० लाख नगदसहित समानान्तर बैंकिङ कारोबारी पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१० लाख नगदसहित समानान्तर बैंकिङ कारोबारी पक्राउ


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । हुन्डी (समानान्तर बैंकिङ) कारोबारमा संलग्न एक व्यक्तिलाई प्रहरीले नगद १० लाख ४० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको विशेष टोलीले झापा शिवगञ्ज गाउँपालिका– २ का २४ वर्षीय विपीन उप्रेतीलाई पक्राउ गरेको हो ।

शंकास्पद रुपमा झोला बोकी हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उप्रेतीले हुन्डी कारोबार गरेको खुलेपछि नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा कारोबारीका मुख्य नाइके रमेश सिबाकोटी रहेको र ३३ लाख लाख रुपैयाँसम्म कारोबार भएको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस