अमेरिकन पेस्तोलसहित पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकन पेस्तोलसहित पक्राउ


२३ बैशाख २०७५, आइतबार


काठमाडौं । प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार–३ घर भई हाल काठमाडौंको गैरीधारा बस्ने ४२ वर्षीय सुमन थापा रहेका छन् ।

काठमाडौंको बसुन्धारामा जीपले मोटरसाइकललाई ठक्कर दिएको खबरलगत्तै घटनास्थल पुगेको प्रहरीले चेकजाँच गर्ने क्रममा पेस्तोल बरामद गरेको हो ।

थापाले चलाएको बा ३ च १६५४ नम्बरको निशान जीपले बा ४० प ५७७५ नम्बरको मोटरसाइकललार्इ गएराति सवा ११ बजे ठक्कर दिएको जानकारी पाएपछि महाराजगञ्जको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले ठक्कर दिने जीप चालकलार्इ नियन्त्रणमा लिन चेकजाँच गर्दा अगाडिको सिटबाट ‘अटो पेस्तोल यूएसए’ लेखिएको एकथान पेस्तोलसहित एक थान म्यागजिन र ३ राउन्ड गोलीसमेत बरामद गरेको हो ।

जीपको ठक्करबाट घाइते २६ वर्षीय सन्तोष नेपालीको भने मृत्यु भएको छ । स्याङ्जा पुतलीबजार ३ घर भर्इ हाल काठमाडौं महानगरपालिका २६ बस्ने नेपालीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्याङ्जा पुतलीबजारकै अर्जुन बोहोरा घाइते भएका छन् । उनको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका थापालार्इ महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस