दाङमा सार्वजनिक यातायात बन्द « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दाङमा सार्वजनिक यातायात बन्द


२० बैशाख २०७५, बिहिबार


दाङ । विभिन्न यातायात समितिले आजदेखि गाडी सञ्चालनमा रोक लगाएका छन् । रात्रि सेवाका काउन्टर खुलेका छैनन् भने खोलिएका काउण्टरमा टिकट काट्न बन्द गरिएको तुलसीपुर जिप तथा माइक्रो मिनीबस व्यवसायी समितिका डिलक्स काउण्टर इन्चार्ज राजु योगीले बताए ।

सरकारले आगामी असारदेखि समितिहरू नवीकरण नगर्ने तथा समितिहरू खारेज गर्ने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिएका समितिहरूले आजदेखि नै आफ्नो यातायात सेवा रोकेका हुन् । राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका डायल इञ्चार्ज मोहन पुरीले आजदेखि नै लामो दूरीका सम्पूर्ण सेवा बन्द गरिएको बताए ।

‘भोलिदेखि हाम्रा बसहरू ग्यारेजमा थन्किन्छन्, त्यसैले आजैदेखि हामीले लामो दूरीका बस सञ्चालनमा रोकेका हौँ,’ डायल इञ्चार्ज पुरीले भने । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलनका कार्यक्रमअनुसार आन्दोलन गर्ने समितिहरुले बताए ।

त्यस्तै ढुवानी व्यवसायीले पनि हिजोदेखि नै टोकन बन्द गरेका छन् । आन्दोलनका कार्यक्रमअन्तर्गत टोकन लिएकाहरुले ढुवानी गर्ने र अन्य गाडीहरु भने बन्द गरिएको राप्ती अञ्चल संयूक्त ट्रक यातायाता व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द्र मजगैयाँले जानकारी दिए । ‘छोटो दूरीका गाडी आफूखुशी सञ्चालनमा आएका छन् । दाङमा ढुवानी र यात्रुवाहक सवारीका साधन गरी करीब एक हजार गाडी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस