उत्तरी भारतमा हावाहुरी कारण गएराति ७७ जनाको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उत्तरी भारतमा हावाहुरी कारण गएराति ७७ जनाको मृत्यु


२० बैशाख २०७५, बिहिबार


नयाँ दिल्ली । उत्तरी भारतीय राज्यमा गएराति धुलोसहितको हावाहुरीमा परी कम्तीमा पनि ७७ जनाको ज्यान गएको समाचार छ ।

त्यसैगरी सो हावाहुरीबाट ठूलो संख्यामा रुख ढलेका छन् भने घर तथा कार्यालयका पर्खालहरु पनि भत्किएका छन् । उत्तर प्रदेश र राजस्थान राज्यमा यस्तो आँधी आएको हो ।

त्यसमा परी १४३ जना घाइते भएका छन् । घाइतेहरु तथा मृत्यु हुनेको संख्या अझै धेरै रहेको अनुमान गरिएको छ । यस हावाहुरीबाट भएको क्षतिको सम्पूर्ण विवरण भने आइसकेको छैन ।

प्राप्त समाचारमा उत्तर प्रदेशमा ४६ र राजस्थानमा ३१ जनाको ज्यान गएको बताइएको छ । अधिकारीहरुले केही व्यक्ति हराइरहेका पनि बताएका छन् ।

उत्तर प्रदेशको आग्रा जिल्लाबाट ताजमहल जाने बाटो बढी प्रभावित भएको छ । त्यहाँ बढीजसो नागरिक रुख ढलेर र रुखका हाँगा भाँचिएर बढी घाइते भएका छन् ।

ती दुवै राज्यका कम्तीमा पनि ७५ जिल्लामा यस हावाहुरीले ठूलो क्षति पु¥याएको राजस्थानका प्रहरी प्रमुखले जानकारी दिएका छन् । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस