अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अब श्रमिकले आन्दोलन गर्नु पर्दैन : प्रधानमन्त्री


२० बैशाख २०७५, बिहिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताए ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले श्रमिक वर्गकै हकहितमा काम गर्न खोजिरहेकाले अब आन्दोलन गर्न नपर्ने आश्वस्त पारेको महासंघका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिए । श्रेष्ठले आफूहरुले श्रम ऐनको कार्यान्वयन हुनुपर्ने, श्रमिकको तलब वृद्धि हुनुपर्ने, विगतका सहमतिको पालना हुनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस