आगलागीबाट १३ घर जले « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आगलागीबाट १३ घर जले


१९ बैशाख २०७५, बुधबार


नेपालगन्ज । आज अपराह्न बाँकेको नरैनापुर गाउँपालिका वडा नं ६ जमुनीमा आगलागी हुँदा १३ घर पूर्णरुपमा र तीन घर आंशिक रुपमा जलेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले जानकारी दिए ।

केटाकेटीहरुले आगो खेलाउने क्रममा भुसमा सल्किएको आगोबाट आगलागी भएको थियो । स्थानीय पेशकार यादव र बुद्ध धोवीको घरबाट आगलागी शुरु भएको प्रहरीको भनाइ छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, गरगहना जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगलागीमा परी एउटा राँगा मरेको र एउटा घाइते भएको बताइएको छ । स्थानीयवासी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रयासमा दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस