शुल्क बृद्धिको बिरोधमा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

शुल्क बृद्धिको बिरोधमा प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी


१९ बैशाख २०७५, बुधबार


काठमाडौं । संयुक्त विद्यार्थी संगठनले निजी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरेका छन् ।

निजी विद्यालयले भर्ना र मासिक शुल्कमा मनपरी ढंगले बृद्धि गरिरहेकोमा प्याब्सन र एनप्याब्सनको सहयोग रहेको भन्दै भन्दै अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीले तालाबन्दी गरेका हुन् ।

काठमाडौंसहित देशभरी प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी गरिएको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले जनकारी दिए । उनले अभिभावकको ढाड सेक्ने गरि भएको चर्को शुल्क बृद्धि कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस