साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साढे ३३ केजी सुन प्रकरणः एसएसपी दिवेश लोहनी पक्राउ


१९ बैशाख २०७५, बुधबार


उच्च अदालत

काठमाडौं । साढे ३३ केजी सुन प्रकरणमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् ।

मंगलबार जिल्ला प्रहरी कार्यालय मोरङमा बयानका लागि हाँजिर भएका लोहनीलाई बुधबार प्रहरीले पक्राउ पुर्जी थमाइएको हो ।

सुन तस्करी प्रकरणमा पूर्व डिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल पक्राउ परिसकेका छन् भने एसएसपी श्याम खत्री फरार छन् ।

प्रतिक्रिया दिनुहोस