वाम सरकार तानाशाही बन्ने कोशिशमा : डा. रिजाल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वाम सरकार तानाशाही बन्ने कोशिशमा : डा. रिजाल


१८ बैशाख २०७५, मंगलबार


बुटवल । नेपाली कांँग्रेसका नेता डा. मीनेन्द्र रिजालले सरकारका गतिविधि लोकतन्त्र विरोधी भएको आरोप लगाए ।

रिपोर्टर्स क्लबले आज आयोजना गरेको कार्यक्रममा उनले वाम सरकार तानाशाही बन्ने कोशिशमा लागेको टिप्पणी गर्दै सरकारले धम्काउँदै र तर्साउँदै हिँडेको आरोप पनि लगाए।

काँग्रेसका केन्द्रीय सदस्य डा. रिजालले काँग्रेसभित्र असहमति गर्ने बेला नभएर पार्टी एकताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काँग्रेसमा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने परिपाटी अन्त्य गर्नुपर्ने सुझाव उनले दिए ।

काँग्रेसमा पदाधिकारी नियुक्तिका बेला छलफल गरेर जान पार्टी सभापति देउवालाई सुझाव दिँदै उनले भने, ‘एकलौटी निर्णय भए मान्य हुँदैन, सहमतिका आधारमा पदाधिकारी नियुक्ति गर्नुपर्छ ।’ रासस

प्रतिक्रिया दिनुहोस