मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री


१८ बैशाख २०७५, मंगलबार


जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने गृहमन्त्री रामबहादुर थापाले बताए ।

गृहमन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि पत्रकार सम्मेलनमा सो जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको र सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम आउने कार्यक्रम पनि रहेको जानकारी दिए।

गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको बताए ।

भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस