मजदुरको न्यूनतम ज्याला बढाइनेः प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मजदुरको न्यूनतम ज्याला बढाइनेः प्रधानमन्त्री


१८ बैशाख २०७५, मंगलबार


may1 prime minister

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने बताएका छन् ।

विश्व मजदूर दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै न्युनतम ज्याला बढाउने योजना रहेको जानकारी दिएका हुन् ।

देशको विकास र निर्माणका निम्ति युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा सदुपयोग गर्ने वातावरण सिर्जना गर्नमा सरकार केन्द्रित रहेको ओलीले बताएका छन् ।

उनको सन्देशमा लेखिएको छ, ‘सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सिर्जना गर्दै लैजान कटिबद्ध छ ।’

प्रतिक्रिया दिनुहोस