नेपालगञ्जको मेडिकलमा आगलागी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालगञ्जको मेडिकलमा आगलागी


१६ बैशाख २०७५, आइतबार


बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित धम्बोझीचोक नजिक स्वास्थ्यकर्मी जीवन शर्माको स्वास्थ्य क्लिनिकमा आगलागी भएको छ ।

विद्युत् तार सर्ट भएर गएराति आगलागी हुँदा लाखौंको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय, प्रहरी र दमकलको सहयोगमा दुई घण्टा लगाएर आज बिहान आगो नियन्त्रणमा लिइएको थियो । आगलागीले मेडिकल पसलमा रहेका सम्पूर्ण औषधि, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको छ ।

प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण अझै आएको छैन । शर्माले आफ्नै घरमा पसल सञ्चालन गर्दै आएका थिए । रासस

प्रतिक्रिया दिनुहोस