२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोर्खाले व्यहोरेको क्षतिको यथोचित सम्बोधन हुनुपर्छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस सेनाबाट सेवानिवृत्त भएका भूतपूर्व गोर्खा सैनिकको माग सम्बोधनका लागि नेपाल सरकारले ब्रिटिस सरकारसँग ठोस पहल र वार्ता गर्ने बताएका छन् ।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लगायतका आन्दोलनरत संयुक्त ब्रिटिस गोर्खा आन्दोलन समितिका टोलीसँग आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले गोर्खाको न्यायोचित माग वार्ताको माध्यमबाट उपयुक्त ढंगले सम्बोधन गर्नका लागि सरकारले पहल गर्ने बताए ।

गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि सरकारले ब्रिटिस सरकारसँग छलफल जारी राखेको प्रधानमन्त्री ओलीले बताउनुभएको उनको सचिवालयले जनाएको छ ।

“पूूर्व गोर्खाका न्यायोचित मागलाई सम्बोधन गर्न ब्रिटिस सरकार तयार हुँदै गएको पाएको छु । यसअघि ब्रिटिस रक्षामन्त्रीले पनि गोर्खाको माग सम्बोधनका लागि ब्रिटिस सरकार तयार रहेको बताएको छ”, प्रधानमन्त्री ओलीले भने, “हाम्रा जायज कुरालाई हामीले दोहो¥याएर, तेहे¥याएर भन्नुपर्छ, म विश्वस्त छु, वार्ताको माध्यमबाट गोर्खाको माग उपयुक्त ढंगले सम्बोधन गर्न सकिन्छ ।”

उहाँले गोर्खाको कारण ब्रिटिसले विभिन्न युद्धहरु जितेको बताउनुभयो । तर, युद्धमा बाहेक अन्य समयमा गोर्खाहरुलाई गरिएको विभेद र असमानता गरिनु दुःखद भएको प्रधानमन्त्री ओलीको भनाइ छ । रासस