२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छात्रवृत्तिका लागि तीन लाख

अ+ अ-

म्याग्दी । बेनी नगरपालिका–१, अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उनका भाइ इन्द्र एलजी र लक्ष्मी थापाले बेनीको प्रकाश माविमा हजुरबुबा स्व. बिच्चाराम थापामगरको स्मृतिमा तीन लाख १११ को अक्षयकोष स्थापना गरे ।

विद्यालयमा सञ्चालित विज्ञान संकायको कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने खस आर्य, जनजाति र दलित समुदायका एक/एक जना विद्यार्थीलाई अक्षयकोषको ब्याजबाट सात हजारका दरले पुरस्कृत गरिने भएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने प्रत्येक विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षामा घटीमा ५० प्रतिशत अंक प्राप्त गर्नुपर्ने संस्थापक मानबहादुर थापामगरले जानकारी दिए । लेखा समूहका पूर्वउपसचिव मानबहादुरले गाउँका पूर्व मुखिया रहेका हजुरबुबा बिच्छारामको स्मृतिमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताए ।

छात्रवृत्ति अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधिको विषयमा २०७३ चैत २७ गते प्रकाश माविका प्रधानाध्यापक हरिकृष्ण सुवेदी र संस्थापक थापाबीच १२ बुँदे सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस