२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

अ+ अ-

डोल्पा । हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिका अनुसार तोकिएको रकममा अतिरिक्त पाँचसय रुपैयाँ तिर्नुपर्ने भएको हो ।

यार्सागुम्बा व्यवस्थापन निर्देशिका अनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति पाँचसय, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति दुई हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति तीन हजार तोकिएकामा यी सबै प्रकारका संकलन दस्तुरमा यस वर्षदेखि सम्बन्धित मध्यवर्ती क्षेत्रभित्र पर्ने यार्सागुम्बा पाटनमा संकलन इजाजत दिनका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त पाँच सय रुपैयाँ सेवा शुल्कका रुपमा लिन पाउने निर्णय गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारी दिए ।

सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त उठाएको पाँचसय रकम समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरीशिकारी नियन्त्रण, जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रममा खर्च गरिने निकुञ्जले जनाएको छ । बहुमूल्य जडीबुटीको पकेट क्षेत्रका रुपमा रहेको डोल्पा जिल्लामा यार्सागुम्बा संकलनका लागि विभिन्न जिल्लाबाट बर्षेनी हजारौँ मान्छे भित्रने गर्दछन् । उनीहरुलाई वितरण गरिएको संकलन इजाजतबाट मात्रै बर्षेनी करोडौँ राजश्व संकलन हुने गर्दछ । बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलनका सिजन प्रत्येक वर्षको जेठको पहिलो सातादेखि शुरु भई असार पहिलो साता सम्मको एकमहिने अवधिका लागि मात्रै निकुञ्जले संकलन इजाजत दिने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस