प्रधानमन्त्रीबाट ढोरपाटन शिकार आरक्ष अवलोकन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रधानमन्त्रीबाट ढोरपाटन शिकार आरक्ष अवलोकन


३० चैत्र २०७४, शुक्रबार


बागलुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन् ।

प्रधानमन्त्री ओलीसहित रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीलगायत ढोरपाटन पुगेका थिए ।

अवलोकनपछि स्थानीय तहका जनप्रतिनिधि र जनतासँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले ढोरपाटनलाई जोगाउने गरी जलविद्युत् आयोजना निर्माण गरिने बताए । ‘उत्तरगंगामा जलाशयबाट एक हजार मेगावाट बिजुली निकाल्न सकिन्छ’, उनले भने, ‘त्यसो गर्दा यहाँको बस्ती र सुन्दरता बचाउने गरी काम अगाडि बढाउनुपर्छ ।’

सो अवसरमा पर्यटनमन्त्री अधिकारीले ढोरपाटन प्रदेश नं ४ कै उत्कृष्ट पर्यटन गन्तव्यअन्तर्गत पर्ने बताए । रासस

प्रतिक्रिया दिनुहोस