यस्तो छ टेलिकमको नयाँ वर्ष अफर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

यस्तो छ टेलिकमको नयाँ वर्ष अफर


३० चैत्र २०७४, शुक्रबार


काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ ।

उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

अफरअन्तर्गत ह्यापी विकेन्ड प्याक, अनलिमिटेड जिएसएम/सिडिएमए नाइट डाटा प्याक, एडिएसएल भोलुम बेस्ट, एडिएसएल अनलिमिटेड प्याकेज रहेका छन् ।

जिएसएम/सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्यापी विकेण्ड प्याक अफर प्रयोग गर्न सकिनेछ । यो प्याकअन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन एक जिबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक १०० मा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि हुने टेलिकमले जनाएको छ ।

अनलिमिटेड नाइट डाटा प्याकअन्तर्गत जिएसएम÷सिडिएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ ।

त्यस्तै टेलिकमले एडिएसएल भोलुम वेस्ड प्याकेजअन्तर्गत रु २००मा १५ जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ । त्यसैगरी रु ३०० मा २५ जिबी डाटा र ४०० मा ४० जिबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

एडिएसएल अनलिमिटेड प्याकेजअन्तर्गत ७०० मा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी तीन हजार ७५० को प्याकेजमा अनलिमिटेड डाटा १८० दिनसम्म र सात हजारको प्याकेजमा अनलिमिटेड डाटा ३६० दिनसम्म प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । रासस

प्रतिक्रिया दिनुहोस