काठमाडौंद्वारा धनगढीसामु १२८ रनको लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौंद्वारा धनगढीसामु १२८ रनको लक्ष्य


२७ चैत्र २०७४, मंगलबार


धनगढी । धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत अहिले भइरहेको खेलमा काठमाडौं गोल्डेन्सले टिम चौराह धनगढीसामु एक सय २८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतियोगिताको फाइनल प्रवेशका लागि भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २७ रन बनायो ।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३८ रनको योगदान दिए । उनले २३ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । प्रारम्भिक ब्याट्सम्यान अमित श्रेष्ठले ३८ बलमा एक छक्का र दुई चौकासहित ३६ रन बनाए । पुष्प थापाले अविजित १६ तथा भूपेन्द्र थापाले १० रन बनाए ।

बलिङतर्फ धनगढीका लागि सोमपाल कामी र ललितसिंह भण्डारीले दुई/दुई तथा रोहन मुस्तफा, सुनिल धमला र सम्साद शेखले एक/एक विकेट लिए ।

अहिले धनगढीले जवाफी ब्याटिङ गरिरहेको छ । धनगढीले १३ ओभरमा पाँच विकेट गुमाउँदै ९१ रन बनाएको छ । रोहन मुस्तफा ३३ र सुनिल धमला १३ रन बनाएर आउट भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस