पत्रकार शेर्पालाई सफलताको शुभकामना « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पत्रकार शेर्पालाई सफलताको शुभकामना


२६ चैत्र २०७४, सोमबार


काठमाडौ । नेपाल पत्रकार महासंघले सगरमाथा आरोहणमा जान लाग्नुभएकी पत्रकार महिला डोमा शेर्पालाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ ।

महासंघमा आज आयोजित कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द आचार्यले सफलताको शुभकामना दिँदै पत्रकार महिला सगरमाथा आरोहणमा सफल भए महासंघको गरिमा अझ बढ्ने बताए । उनले महिला पत्रकारको सगरमाथा आरोहणले समाज रुपान्तरणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।

पत्रकार शेर्पाले महिला सशक्तीकरणका लागि आफू सगरमाथा आरोहणमा जान लागेको जानकारी दिइन् । उनले हिमाली क्षेत्रका सही सूचनालाई बाहिर ल्याउन आरोहणले सहयोग पु¥याउने विश्वास व्यक्त गरिन् ।

सगरमाथा आरोहणका क्रममा पत्रकार शेर्पा चैत २७ गते सोलुखुम्बु जिल्लाको लुक्ला जाने कार्यक्रम छ । रासस

प्रतिक्रिया दिनुहोस