अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकाको न्युयोर्कस्थित ट्रम्प टावरमा आगलागी


२५ चैत्र २०७४, आइतबार


न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित रहेको ट्रम्प टावरको पचासौं तलामा शनिबार राति आगलागी भएको छ ।

आगलागीमा एकको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको अधिकारीले जानकारी दिएका छन् ।

न्युयोर्कको प्रहरीका अनुसार आगलागीका कारण ६७ वर्षीय टोड ब्रास्नेरलाई अचेत अवस्थामा भेटिएको थियो ।

उहाँलाई स्थानीय माउन्ट सिनाइ रुजबेल्ट अस्पतालले मृत्यु भएको जानकारी दिनुका साथै सो घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

उद्धारकार्यमा खटिएका प्रहरीले आगलागी ठुलो र अपार्टमेन्टको पचासौं तलामा भएकोले पनि आगलागी नियन्त्रण गर्न निकै गाह्रो भएकोले सँगै रहेका अन्य भवनसमेत त्यसको असरमा परेको जनाएका छन् । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस