प्रधानमन्त्री ओली भारतीय नेताहरुसँग भेटवार्तामा व्यस्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ओली भारतीय नेताहरुसँग भेटवार्तामा व्यस्त


२३ चैत्र २०७४, शुक्रबार


काठमाडौं । तीन दिने भारतको औपचारीक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नेताहरुसँग भेटवार्ता थालेका छन् ।

५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै तीनदिने औपचारिक भ्रमणका लागि शुक्रबार बिहान भारत प्रस्थान गरेका ओलीले आज पहिलो दिन कांग्रेस अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री मनमोहन सिंह लगायतसँग भेटवार्ता गरेका छन् ।

आज बिहान भारत प्रस्थान गरेका प्रधानमन्त्री ओलीलाई भारतका गृहमन्त्री राजनाथ सिंहले इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । ओलीले भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकटा नायडुसँग शिष्टाचार भेटवार्ता गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस