करेन्ट लागेर एकको मृत्यु, तीन घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

करेन्ट लागेर एकको मृत्यु, तीन घाइते


२३ चैत्र २०७४, शुक्रबार


कैलाली । करेन्ट लागेर आज एक बालकको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

घटनामा धनगढी उपमहानगरपालिका–११ बेलाको वनखेतका १४ वर्षीया अमन चौधरीको मृत्यु भएको छ भने सोही स्थानका १२ वर्षीया सागर पनेरू, १५ वर्षीया अर्जुन कठायत र १४ वर्षीया नविन कठायत घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए ।

घाइते हुने तीनै जनाको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

वनखेत नजिकको विद्युत प्रशारण लाइन वरपर खेल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको हो । रासस

प्रतिक्रिया दिनुहोस