लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ « प्रशासन
Logo ११ असार २०७९, शनिबार
   

लागूऔषध चरेश बरामद, भारतीय नागरिक पक्राउ


२३ चैत्र २०७४, शुक्रबार


धादिङ । प्रतिबन्धित लागूऔषध चरेश लुकाइ छिपाइ काठमाडौंबाट वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा आज बिहान प्रहरीले बरामद गरी एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले एच आर ५५ एक्स २५४९ नं को भारतीय कण्टेनर गाडीमा १६० किलोग्राम ५०० ग्राम लागूऔषध चरेशसहित बरामद गरेको छ । चरेशसँगै गाडी चालक भारत मणिपुर निवासी २४ वर्षीय शचिकान्त कुशवाहलाई पक्राउ गरी हिरासतमा लिएर थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

लुकाइछिपाइ भारत निकासी गर्न लागिएको सो लागूऔषध जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, गजुरीको संयुक्त प्रहरी टोलीले बरामद गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस