२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जर्नेलको पीए र एआईजीको श्रीमतीका नाममा ठगी गर्ने गिरोह पक्राउ

अ+ अ-

काठमाडौं । नेपाली सेनाको जर्नेलको पीए र राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती भन्दै ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौं टोलीले लमजुङ घर भई काठमाडौं तारकेश्वर बस्दै आएका मोहन दुरा, मनमैजु बस्ने पशुपति अधिकारी, तनहुँ व्यास बस्ने यमुना खड्का र वनस्थली बस्ने रमेश कुमाललाई पक्राउ गरेको हो ।

उनीहरुले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिनेदेखि क्यानडा, अमेरिका, पोल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग १ करोड १५ लाखभन्दा बढी उठाएको प्रहरीले जनाएको छ ।

काठमाडौ्र प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार उक्त गिरोहले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा भर्ना गर्ने भन्दै २ लाख, शान्ति मिसनमा पठाउन २ लाख तथा सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै ७ लाख लिएको देखिएको छ ।

त्यसैगरी पोल्याण्ड लगाएत अमेरिका, क्यानडा पठाइदिने नाममा प्रतिव्यक्ति एक लाख ५० हजारका दरले करीब एक करोड १५ बढी उठाएको देखिन्छ ।

पक्राउ परेकी यमुनाले आफू राष्ट्रिय अनुसन्धान विभागका एआईजीकी श्रीमती र मोहन दुराले नेपाली सेनाको जमदार तथा वहालवाला जर्नेलको पीए बताउने गरेको प्रहरीले जनाएको छ ।

उक्त गिरोहबाट धेरै व्यक्ति ठगिएको हुन सक्ने तथा ठगी कार्यमा संलग्न अन्य केही व्यक्तिको पहिचान भइ खोजी कार्य जारी रहेको एसएसपी पोखरेलले बताएका छन् ।

0 Comments