पूँजी परिचालनका लागि नीतिगत व्यवस्था गरिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पूँजी परिचालनका लागि नीतिगत व्यवस्था गरिने


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उच्च आर्थिक वृद्धिका लागि लगानी र त्यसको उत्पादकत्व वृद्धि गर्न स्वदेशी तथा विदेशी पूँजी परिचालनका लागि अनुकूल नीतिगत तथा व्यस्थापकीय सुधारका कार्य सरकारले तत्काल सुरु गर्ने बताएका छन् ।

संसद्को माथिल्लो सदन राष्ट्रियसभामा आज उनले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी दिँदै साधारण खर्चलाई मितव्ययी बनाउन मितव्ययितासम्बन्धी नीति जारी गरी कडाइका साथ पालना गरिने बताउँदै भने, ‘प्रदेश र स्थानीय तहलाई संविधानबमोजिम राजश्व परिचालन गर्न र कार्यक्रम कार्यान्वयन गर्नका लागि सक्षम बनाउन क्षमता विकासमा सहयोग गरिनेछ ।’

डा खतिवडाले पूँजी परिचालन उचित रुपमा हुन नसकेको जानकारी गराउँदै ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण हुन नसकेको र उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रम बढी देखिएको स्पष्ट गरे ।

पूँजी बजार धितोपत्रमा मात्र सीमित रहेको उल्लेख गर्दै उनले शेयर मूल्य प्रभावित भएको र समग्र अर्थतन्त्र आयातमुखी बनेको बताए । विदेशीको नेपालप्रतिको सद्भाव कायमै छ भन्दै उनले सूचना प्रविधिको विकास गरी आर्थिक समृद्धि गर्न सकिने धारणा व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस