गोली हानी श्रीमतीको हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

गोली हानी श्रीमतीको हत्या


१६ चैत्र २०७४, शुक्रबार


बाँके । बाँके जिल्लामा श्रीमान्ले गोली हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको डुडुवा गाउँपालिका वडा नंं ३ वनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती सुनिता वर्माको गएराति गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार कोखा र दाहिने हातमा गोली लागेकी सुनिताको घटनास्थलमै मृत्यु भएको छ । हत्या गर्ने बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

मानसिक रोगको औषधि सेवन गरिरहेका बर्माले बयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीको अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमतीको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । घटनाको अनुसन्धान सुरु गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस