सरकारलाई डा. केसीको १५ दिने अल्टमेटम « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सरकारलाई डा. केसीको १५ दिने अल्टमेटम


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रा. डा. गोविन्द केसीले सरकार समक्ष पेस गरेका आफ्ना चारबुँदे माग पुरा नभए अनसन बस्ने बताएका छन् । शुक्रबार सरकारलाई माग पुरा गर्न १५ दिने अल्टिमेटम सहितको विज्ञप्ती जारी गर्दै डा. केसीले आफ्ना माग पुरा नभए अनसन बस्ने चेतावनी दिएका छन् ।

डा. केसीले चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गर्नु पर्ने, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गरी दोषीलाई कारबाही गर्नु पर्ने, त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनु पर्ने र त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२ लाख ५० हजार कायम गर्नु पर्ने, र निवर्तमान प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गर्नु पर्ने लगायतका चार बुँदे माग राखेका छन् ।

डा. केसीले विज्ञप्तिमा चैत्र महिनाभित्र आफ्ना माग पुरा नगरिए फेरी सत्याग्रह आन्दोलन थालिने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस