देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा छ– अर्थमन्त्री डा. खतिवडा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा छ– अर्थमन्त्री डा. खतिवडा


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । अर्थमन्त्री युवराज डा.युवराज खतिवडाले देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार संसद्लाई सम्बोधन गर्दै खतिवडाले उत्पादनमूकल भन्दा वितरणमुखी बजेटका कारण अपेक्षाकृत रुपमा मुलुकले उपलब्धी हासिल गर्न नसकेको बताए ।

अर्थमन्त्री खतिवडाले स्वेतपत्र जारि गर्दै समग्र वित्तीय नीतिमार्फत् मुद्रा तथा पुँजीबजारको स्थायित्व र समावेशी विकासमा जोड दिइने बताए । ‘अहिले देशको समष्टिगत आर्थिक परिसूचकहरु सकारात्मक छन्,’ खतिवडाले भने, ‘अब गैरबजेट खर्चमा नियन्त्रण हुनु पर्छ ।’

‘संघीयता कार्यान्यवयननसँगै खर्च बढेको छ’, खतिवडाले भने, ‘खर्चको अनुपातमा राजश्व बढ्न सकेको छैन । ब्यापार घाटा बढ्दै जानुका साथै रेमिट्यान्स घटिरहेको छ । पुनर्निर्माणको काम सुस्त छ । यसले पनि समस्या सिर्जना गरेको छ ।’ खतिवडाले देशमा आर्थिक गतिविधि गर्न सबै पक्षबाट सरकारले सहयोगको अपेक्षा गरेको बताए ।

प्रतिक्रिया दिनुहोस