२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारलाई समाचार संकलनमा रोक लगाएको घटनाप्रति महानगरको दुःख प्रकट

अ+ अ-

चितवन । समाचार संकलनका क्रममा महानगर पुगेका पत्रकारलाई समाचार संकलन गर्न रोकेको घटनाप्रति भरतपुर महानगरपालिकाले दुःख प्रकट गर्दै अब यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।

महानगरपालिकाले आज यहाँ नेपाल पत्रकार महासंघसँग आयोजना गरेको संयुक्त छलफल कार्यक्रममा महानगरका प्रमुख रेनु दाहालले आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिने भन्दै दुःख प्रकट गरेको हो ।।

यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र बुझाउने क्रममा पत्रकारहरुलाई नगरप्रमुख रेणु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले गालीगलौजसहित दुव्र्यवहार गरी कार्यक्रमस्थलबाट बाहिर निकालिएको थियो ।

सोपश्चात् पत्रकारसँग सम्बद्ध संघसंस्थाले विज्ञप्ति निकाल्दै घटनाको भत्र्सना गरेका थिए ।

कार्यक्रममा प्रमुख दाहालले महानगर र पत्रकारबीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै समाचार संकलनमा सहयोग पु¥याउने बताए ।

सो अवसरमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी र वडा नं १० का वडाध्यक्ष अरुणपीडित भण्डारीले घटनाप्रति दुःख प्रकट गर्दै नियोजित नभएर आवेशमा आएको बताए ।

छलफलमा महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबका दिनमा समाचार संकलनमा सहज वातावरण सिर्जना गर्न आग्रह गर्दै यस्ता घटना दोहोरिन नहुने बताए ।

कार्यक्रममा पत्रकारले महानगरबाट सूचना संकलनमा कठिनाइ हुँदै आएको भन्दै जनप्रतिनिधि आएपछि थप समस्या हुनु दुःखद् भएको बताए । रासस

0 Comments