साउदी जेलका प्रेमलाई बचाउन एक लाख ७० हजार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

साउदी जेलका प्रेमलाई बचाउन एक लाख ७० हजार


१६ चैत्र २०७४, शुक्रबार


इलाम । साउदी जेलमा विगत दुई वर्षदेखि जेल जीवन बिताइरहेका प्रेमबहादुर राईको सहयोगका लागि मलेशियामा कार्यरत नेपालीले नगद सहयोग गरेका छन् । राईको उद्धारका लागि एक लाख ७० हजार ५७८ सहयोग गरेका हुन् ।

मलेशिया केहेलमा कार्यरत ३०० जना सहयोगीमार्फत माई नगरपालिका–६ का बुधराज योङहाङले संकलन गरेको एक लाख ७० हजार ५७८ परिवारमार्फत प्रेमबहादुर राई बचाउ अभियानलाई प्रदान गरिएको हो ।

उक्त संकलित रकम इलाम प्रदेश नं २ का सांसद धीरेन्द्र शर्माले अभियानलाई हस्तान्तरण गरे । सो अवसरमा उनले राईलाई साउदी जेलबाट छुटाउन आफूलगायत सरकारले समेत पहल गर्ने बताए ।

सन् २०१२ मा वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका प्रेम बिदामा घर आएर पुनः सन् २०१६ मा साउदी गई कम्पनीको गाडी चलाएका बेला उनले चलाएको गाडी बाटैबाट हराएको थियो ।

गाडीमा रहेको केवलतार हराएपछि उनलाई पक्राउ गरी दुई महिना जेल र ५० कोर्रा सजाय दिएको थियो । सो सजाय भुक्तान गरी घर फर्कने क्रममा पुनः पक्राउ गरी कम्पनीले तीन लाख १० हजार रियल (नेपाली ९५ लाख) जरिवाना लगाएको थियो । फैसलाबमोजिमको रकम नबुझाएसम्म कारागारनै बस्नुपर्ने भएकाले उनको जीवन रक्षाका लागि अभियान सञ्चालन भइरहेको छ ।

प्रेमको पीडादायी अवस्थाको समाचार बाहिर आएलगत्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रेमबहादुर राई बचाउ अभियान समिति गठन भई रकम संकलन भइरहेको अभियान दानाबारीका संयोजक दुर्गाराज शंकरले बताए । रासस

प्रतिक्रिया दिनुहोस