स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षसम्म कसको तलव कति ? « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तहका प्रमुखदेखि वडाध्यक्षसम्म कसको तलव कति ?


१६ चैत्र २०७४, शुक्रबार


काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धी विधेयकमाथि छलफल सुरु भएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले संसद्को बैठकमा प्रस्तुत गरेको विधेयक अनुशार जिसस प्रमुखले ४१ हजार, उपप्रमुखले ३६ हजार, उपमहानगर प्रमुखले ४० र उपप्रमुखले ३५ हजार मासिक पारिश्रमिक पाउने प्रस्ताव गरिएको छ ।

त्यसैगरी नगरपालिका प्रमुखले ३५ हजार, उपप्रमुखले ३०, गाउँपालिका प्रमुखले ३० हजार र उपप्रमुखले २५ हजार तलब व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

त्यसैगरी उपमहानगरका वडाध्यक्षले ३० हजार, नगरका वडाध्यक्षले २५ र गाउँपालिकाका वडाध्यक्षले २० हजार तलव पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस