स्वेच्छिक अवकास योजनामा सहभागि कर्मचारीद्वारा सूचना माग गर्दै सामान्यलाई पत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वेच्छिक अवकास योजनामा सहभागि कर्मचारीद्वारा सूचना माग गर्दै सामान्यलाई पत्र


१५ चैत्र २०७४, बिहिबार


समायोजन

काठमाडौं । स्वेच्छिक अवकास योजनामा सहभागि कर्मचारीहरुले सूचना माग गर्दै सामान्य प्रशासन मन्त्रालयमालाई पठाएका छन् ।

स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तीस दिनभित्र सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा राखिने भनिए पनि ३० दिन वित्दा समेत नराखिएको भन्दै सूचना माग गरेका हुन् ।

मन्त्रालयबाट २०७४ पुष २८ गते नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम स्वेच्छिक अवकास योजनामा सहभागि हुन तोकिएको ढाँचामा निवेदन पेस गरेको र सोही सूचनाको दफा ४ मा स्वेच्छिक अवकासमा सहभागि हुने कर्मचारीले निवेदन दिने तरिकाको उपदफा ४।४ मा व्यवस्था भए वमोजिम स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधि समाप्त भएको तिस दिन भित्र सामान्य प्रशासन मन्त्रालयको वेव साइटमा राखिने भन्ने उल्लेख भएपनि समयावधि सकिएको दुई दिन भइसक्दासम्म विवरण अद्यावधिक नगरिएकोले सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ वमोजिम उपलब्ध गराइदिन प्रमुख सूचना आयुक्तलाई बोधार्थसहित मन्त्रालयका सचिवलाई पत्र लेखेका छन् ।

हेर्नुहोस् निवेदन

nibedan sw

प्रतिक्रिया दिनुहोस