दोहोरो अंकले बढ्यो शेयर बजार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दोहोरो अंकले बढ्यो शेयर बजार


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार आज भने दोहोरो अंकले बढेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।

सरकारले मुलुकको आर्थिक अवस्थाको बारेमा श्वेतपत्र जारी गर्ने तयारी गरेको र त्यसमा धितोपत्रको विषयसमेत समेटिने खबर सार्र्वजनिक भएपछि नेप्से परिसूचक उकालो लागेको अनुमान गरिएको छ ।

स्कटका अनुसार आज १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ ।
यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३।४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ ।

आज व्यापार र अन्य उपसमूहबाहेक अरु सबै उपसमूहका शेयर उकालो लागेका छन् । व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैंकिङ १५.७२, होटल ८.०६, विकास बैंक २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बीमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन् । रासस

प्रतिक्रिया दिनुहोस