डाक्टर हुँ भन्दै बलात्कार गर्ने ब्यक्ति पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

डाक्टर हुँ भन्दै बलात्कार गर्ने ब्यक्ति पक्राउ


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै एक महिलालाई बलात्कार गर्ने नक्कली डाक्टर पक्राउ परेका छन् ।

काठमाडौं प्रहरीले पीडित महिलाको उजुरीका आधारमा काठमाडौं महानगरपालिका–२६ बाट २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।

उनले आफूलाई सन्तोष घलेको नामले चिनाउँदै आएको र पूर्व सेनाका जवानसमेत भएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली सेनामा कार्यरत रहेका बेला उनलाई जबरजस्ती करणी मुद्दामा जागिरबाट निकालेको अनुसन्धानले देखाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।

बिरामी आमालाई चेकजाँच गर्न गंगालाल अस्पताल आएकी महिलालाई म पनि डाक्टर हुँ, तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भन्दै दोस्ती बढाएका थिए ।

उनले ति महिलालाई सानी आमासँग भेटघाट गर्न जाउँ भनी काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेर पटक–पटक यौन शोषण गरेका खुलेको छ ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस