प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

प्राज्ञिक विद्यार्थी परिषद्को सातौं राष्ट्रिय अधिवेशन पोखरामा


१५ चैत्र २०७४, बिहिबार


पोखरा । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको सातौं राष्ट्रिय अधिवेश यही १७ देखि १९ गतेसम्म पोखरामा हुने भएको छ ।

अधिवेशनले मुलुकको संघीय संरचनाअनुसार शैक्षिक नीति निर्माणका लागि शैक्षिक, सामाजिक, आर्थिक एवं राजनीतिलगायत समसामयिक प्रस्ताव पारित गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अधिवेशनमा ओखलढुंगाका सफल कृषक लोचन बस्नेतलाई राष्ट्रिय पृथ्वी युवा प्रेरणा पुरस्कारद्वारा सम्मानित गरिने र अधिवेशनमा ७७ जिल्लाका एक हजार भन्दा बढी विद्यार्थी प्रतिनिधिको सहभागिता रहने परिषद्का महासचिव रमेश कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस