बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते « प्रशासन
Logo १२ आश्विन २०७८, मंगलबार
   

बस दुर्घटनामा दुईको मृत्यु, ३१ घाइते


१५ चैत्र २०७४, बिहिबार


काठमाडौं । दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिए ।

घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस